- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु आजबाट शुरु भएका छन् । पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र साविक उपविजेता न्यूजिल्याण्ड खेलिरहेका छन् ।
सिड्नीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले शानदार ब्याटिङ गरेको छ । ५६ रन जोड्दा न्यूजिल्याण्डले ओपनर फिन एलिनलाई गुमाएको थियो । एलिनले १६ बलमा ४२ रन जोडे ।
डेभोन कन्वेले शानदार अर्धशतक बनाएका छन् ।
यी दुई टोलीबीच भएको पछिल्लो पाँच खेलमा ३ खेलमा अष्ट्रेलिया विजयी हँदा २ खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो ।
आजै हुने अर्को खेलमा पूर्व च्याम्पियन इङ्गल्याण्ड र अफगानस्तानबीच खेल हुँदैछ ।
दोस्रो राउण्ड (सुपर १२) मा समूह एकमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अफगानिस्तान, इङ्गल्याण्ड तथा पहिलो राउण्ड समूह ए विजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बी को उपविजेताको रुपमा आयरल्याण्ड रहेका छन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बी को विजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह ए को उपविजेताको रुपमा नेदरल्याण्ड्स रहेका छन् ।
यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।