- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र आज साँझ प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक गरिने जनाइएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्नेछन् । उनले आफ्नो निर्वाचन क्षेत्र झापाबाटै घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।
कांग्रेसले शर्माको संयोजकत्वमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको थियो । महामन्त्री शर्माको संयोजकत्वमा गठित उक्त समितिमा ६ सहमहामन्त्री, ७ केन्द्रीय सदस्य लगायत विभिन्न विधाका जानकारहरु समेटेर बनाइएको थियो ।
शर्माले यसअघि पार्टीको घोषणा पत्रमा विश्वास गर्न सकिने संकल्प र अठोटलाई प्रधान बनाउने बताएका थिए । शर्माले कांग्रेसको घोषणा पत्रमा सस्तो लोकप्रियताले स्थान नपाउने स्पष्ट पारेका थिए ।
यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र भने अर्का महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा तयार भएको थियो ।