- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । खेलमा भारतले टस हारेर पहिले बलिङ गरेको छ । पाकिस्तानले आक्रामक ब्याटिङ गरेको छ ।
अष्ट्रेलियाको मेलबर्नमा पाकिस्तानले १२.२ ओभर खेल्दा ३ विकेट गुमाएर ९१ रन बनायो । इफ्तिखार अहमदले ३४ बलमा ५१ रन बनाए । यसअघि शुरुआत भने पाकिस्तानले राम्रो गर्न सकेन ।
१५ रन बनाउँदा शुरुआती दुई विकेट गुमाएको थियो । दुवै विकेट अर्शदीप सिंहले लिएका थिए । तेस्रो विकेट मोहम्मद शमीले लिए ।
टी–२० को सुपर १२ मा भारत र पाकिस्तान समूह २ मा रहेका छन् ।
अपडेटः पाकिस्तानले १७ आेभर खेल्दा ७ विकेट गुमाएर १२१ रन बनाएकाे छ ।