arrow

पाकिस्तानलाई हराउन भारत १६० रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
t20-world-cup-india-pakistan.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । खेल जित्न भारतले १६० रनको चुनौती पछ्याइरहेको छ । 

खेलमा भारतले टस हारेर पहिले बलिङ गर्यो । पाकिस्तानले आक्रामक ब्याटिङ गरेको भए पनि ८ विकेटको क्षतिमा १५९ रन बनाउन सक्यो ।  

मेलबर्नमा पाकिस्तानका लागि शान मसुदले ४२ बलमा अविजित रहँदै ५२ रन बनाए । त्यस्तै इफ्तिखार अहमदले ३४ बलमा ५१ रन बनाए । 

शहीन शाह अफ्रिदीले ८ बलमा १६ रन बनाए । अर्शदीप सिंह र हार्दिक पाण्डेयाले ३–३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र मोहम्मद शमीले १–१ विकेट लिए । 

टी–२० को सुपर १२ मा भारत र पाकिस्तान समूह २ मा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ