arrow

प्रधानमन्त्री आउन ढिलो भएपछि सार्वजनिक भएन कांग्रेसको सङ्कल्पपत्र

 भोलि सार्वजनिक गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र भोलि कात्तिक ७ गते सार्वजनिक गर्ने भएको छ ।
 
यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौं उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०:३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनएको छ ।
 
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सङ्कल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ