arrow

पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
kohli-hardik-india-pakistan.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी शुरुआत गरेको छ । भारतले आइतबारको खेलमा चिरपरिचित प्रतिस्पर्धी पाकिस्तानलाई ४ विकेटले हरायो । 

१६० रनको चुनौती पछ्याएको भारतले अन्तिम बलमा जितका लागि एक रन आवश्यक भएकामा रविचन्द्रन आश्विनले रन बनाउँदै टिमलाई जिताए । भारतले ६ विकेटको क्षतिमा जित हासिल गरेको हो । 

३१ रन जोड्दा ४ विकेट गुमाइसकेको भारतका लागि पूर्व कप्तान विराट कोहलीले शानदार इनिङ्स खेल्दै भारतलाई जिताए । 

कोहलीले ५३ बलमा अविजित रहँदै ८२ रन बनाए । उनले ४ छक्का र ६ चौका हाने । 

त्यस्तै अलराउन्ड प्रदर्शन गर्ने क्रममा हार्दिक पाण्डेयाले ३७ बलमा ४० रन जोडे । इरहेको छ । 

यसअघि खेलमा भारतले टस हारेर पहिले बलिङ गर्यो । पाकिस्तानले आक्रामक ब्याटिङ गरेको भए पनि ८ विकेटको क्षतिमा १५९ रन बनाउन सक्यो ।  

मेलबर्नमा पाकिस्तानका लागि शान मसुदले ४२ बलमा अविजित रहँदै ५२ रन बनाए । त्यस्तै इफ्तिखार अहमदले ३४ बलमा ५१ रन बनाए । 

शहीन शाह अफ्रिदीले ८ बलमा १६ रन बनाए । अर्शदीप सिंह र हार्दिक पाण्डेयाले ३–३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र मोहम्मद शमीले १–१ विकेट लिए । 

टी–२० को सुपर १२ मा भारत र पाकिस्तान समूह २ मा रहेका छन् । भारत शीर्ष स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ