arrow

मस्कले शुक्रबार ट्विटर किन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
elonmusktwitter.PNG

काठमाडौं । एलन मस्कले ट्विटर खरिदमा उनलाई समर्थन गरिरहेका बैंकर र लगानीकर्ताहरूलाई शुक्रवारसम्म डिल पूरा गरिसक्ने बताएको मामिलासँग जानकार नाम नखुलाईकन व्यक्तिलाई उदृधत गर्दै ब्लुमबर्गले उल्लेख गरेको छ ।

१३ अर्ब अमेरिकी डलरको लगानी गर्न तयार बैंकले ऋण पत्रको अन्तिम कागजात तयार पारिसकेको बताइएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार उक्त ऋण पत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको र त्यसपछि टेस्लाका मालिक मास्कसँग पैसा जाने बताइएको छ ।

यसअघि मस्कले ट्विटर किन्न ४४ अर्ब खरिद मूल्य र अन्तिम मूल्यसहित ४६.५ अर्ब ईक्विटी र ऋण लगानीसहित भुक्तानी गर्न तयार रहेको बताएका थिए । 

मोर्गन स्टान्ली, बैंक अफ अमेरिका कर्पाेरसनलगायतले १३ अर्ब अमेरिकी डलर र ओराकलका संस्थापक ल्यारी एल्लीसन, साउदी प्रिन्स अल्वालिद बिन तलाललगायतले ७.१ अर्ब लगानी गर्दै छन् ।

अक्टोबर २८ मा डेलावयरको अदालतले दिएको आदेशपछि मस्कले ट्विटर किन्न लागेका हुन् । नभए नोभेम्बरदेखि सुनुवाइ हुनेछ । 

गत अप्रिलमा प्रति सेयर ५४.२० डलरमा ट्विटर किन्न डिल अघि सारेपछि पछि फेक र बुट अकाउन्टको जानकारी माग्दै मस्कले डिल क्यान्सर गरेका थिए । आफ्नो भ्यालु घटाएको भन्दै ट्विटरले मस्कविरुद्ध मुद्दा हालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ