arrow

विश्वकप टी–२० क्रिकेटमा आयरल्याण्डको सनसनीपूर्ण जित, इङ्गल्याण्ड पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
t20-world-cup-england-ireland.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा एसोसियट राष्ट्रहरूको सनसनीपूर्ण प्रदर्शन जारी छ । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाईसमेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

बुधबार भएको खेलमा आयरल्याण्डले इङ्गल्याण्डलाई पराजित गरेर अर्को सनसनी मच्याएको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लेविस नियमका आधारमा आयरल्याण्डले इङ्गल्याण्डलाई ५ रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । 

कप्तान एन्डी बाल्बिर्नाईले ४७ बलमा ६२ रन जोडे । इङ्गल्याण्डका मार्क उड र लियाम लिभिङस्टोनले समान ३–३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १०५ रनमात्र बनाउँदा वर्षाले खेल रोकिएसँगै डक वर्थ लेविस नियमानुसार ५ रनले पराजित भयो । डाविड मालनले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा जोश लिटिलले २ विकेट लिए । 

वर्षाका कारण बुधबारको दोस्रो खेल भने स्थगित भएको छ । न्यूजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ