arrow

कोहलीको ब्याटिङले जादू भर्दै, लगातार दोस्रो जितसहित भारत शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
birat-hardik-kartik.jpg

काठमाडौं । भारतले अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जितसहित समूहको शीर्ष स्थानमा आफूलाई पुर्याउन सफल भएको हो । 

भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । टिम प्रिन्गलले सर्वाधिक २० रन जोडेको इनिङ्समा भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १७९ रन बनाएको थियो । विराट कोहलीले अविजित रहँदै ४४ बलमा ६२ रन बनाए । उनले यो विश्वकपमा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । 

उनले यसअघि पाकिस्तान विरुद्धको पहिलो खेलमा ५३ बलमा अविजित रहँदै ८२ रन बनाएका थिए । कोहलीको लामो समयपछि ब्याटिङ सुध्रिएको हो । 

कप्तान रोहित शर्माले ३९ बलमा ५३ रन जोड्दा प्लेयर अफ द म्याच सूर्यकुमार यादवले २५ बलमा अविजित रहँदै ५१ रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन र पाउल भानले एक एक विकेट लिए ।

यस जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा रहेको छ ।

दुवै खेलमा हार ब्यहोरेको नेदरल्यान्ड्स पुछारमा रहेको छ । 

२ खेलबाट दक्षिण अफ्रिकाको ३, बंगलादेशको २, १ खेलबाट जिम्बावेको १ अंक रहेको छ । १ खेलबाट पाकिस्तान पनि अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ