arrow

पाकिस्तानलाई अर्को झड्का, जिम्बावेसँग पनि पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
world-cup-t20-pakistan-zimbabwe.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई लगातार दोस्रो झड्का लागेको छ । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले बिहीबार भने तीतो हार बेहोरेको छ । 

अप्रत्याशित प्रदर्शन गर्दै पाकिस्तानले कमजोर टिम जिम्बावेसँग हार बेहोरेको हो । पाकिस्तान एक रनले पराजित भयो । पर्थमा भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बावेले ८ विकेटको क्षतिमा १३० रन बनायो । सिन विलियम्सले सर्वाधिक ३१ रन बनाएको इनिङ्समा पाकिस्तानका मोहम्मद वासिमले ४ तथा शदाब खानले ३ विकेट लिए । 

जवाफमा पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रनमात्र बनाउन सक्यो । शान मसुदले ४४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

प्लेयर अफ द म्याच सिकन्दर रजानले २५ रन दिएर ३ विकेट लिए । यो हारसँगै पाकिस्तान पुछारबाट दोस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ