arrow

झडपपछि भङ्गाहामा कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
mahottari-agitation-police.jpg

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कर्फ्यू लगाइएको छ ।
    
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू लगाइएको जनाइएको छ । 

सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, र्‍याली, सभा गर्न नपाउने तथा  थप धनजनको क्षति हुन नदिनका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ