arrow

ट्विटर मालिक बनेसँगै एलन मस्कले सीईओलाई बर्खास्त गर्दै मुख्यालयबाट बाहिर निकाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
elon-musk-twitter.png

काठमाडौं । टेस्लाका सीईओ एलन मस्क ट्विटरको नयाँ मालिक बनेका छन्। एलन मस्क मालिक बनेसँगै ट्विटरका सीईओ पराग अग्रवाल र सीएफओ नेड सेगललाई कम्पनीबाट बर्खास्त गरेका छन् । त्यति मात्र होइन, उनीहरुलाई कम्पनीको मुख्यालयबाट पनि निकालिएको छ ।

एलन बिहीबारमात्रै ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । एलन मस्कले एक दिनअघि ट्विटरको अफिस पुगेर सबैलाई चकित पारेका थिए । त्यस लगत्तै ट्विटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको रायटर्स ले जनाएको छ ।

 एलन मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर खरिद गर्ने घोषणा गरेका थिए । उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म किन्न प्रस्ताव गरेका थिए । तर त्यसपछि स्प्याम र नक्कली खाताहरूको कारण उनले त्यो सम्झौता होल्ड गरेका थिए ।

यसपछि ८ जुलाईमा मस्कले सम्झौता तोड्ने निर्णय गरे । त्यसको विरुद्धमा ट्विटर अदालत पुगेको थियो । तर अक्टोबरको सुरुमा मस्कले आफ्नो अडान परिवर्तन गरे र फेरि सम्झौता पूरा गर्न सहमत भए। यसैबीच, डेलावेयर अदालतले अक्टोबर २८ सम्ममा सम्झौता पूरा गर्न आदेश दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ