- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले अहिले घोषणा पत्र सार्वजनिक गरिरहेको छ ।
डा. स्वर्णिम वाग्लेका अनुसार कांग्रेसको घोषणा पत्रलाई पाँच वटा खण्डमा समेटिएको छ । यो ५२ पेजको रहेको छ । उनले संकल्पमा आशावाद हुनुपर्छ भनेर समुन्नतिका आधारहरु समेटिएको बताए ।
उनले स्थानीय तहको निर्वाचनका लागि बनेको घोषणा पत्रमा समेटिएका कतिपय विषयहरु त्यतिबेलै समेटिएकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा पत्रमा नसमेटिएकाले सँगसँगै तुलना गरेर पढ्न पनि आग्रह गरेका छन् ।
निर्वाचन घोषणा पत्र बिना नै मत माग्न शुरु गरेको सत्ता गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेसको घोषणा पत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्दैछन् ।
बिहान १० बजे पार्टी मुख्यालय वीपीनगर सानेपामा सार्वजनिक हुने भनिए पनि एक घण्टा ढिला गरी घोषणा पत्र सार्वजनिक कार्यक्रम शुरु भएको हो । कार्यक्रममा पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु लगायत काठमाडौं उपत्यकामा उपलब्ध नेताहरु सरिक भएका छन् ।
ढिला गरी कांग्रेसले सार्वजनिक गर्न लागेको घोषणा पत्रलाई विशेष अभिरुचीका साथ प्रतिक्षा गरिएको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको जनाइएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले घोषणा पत्र तयार गरेको हो । ‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । यसअघि स्थानीय तहको निर्वाचनको घोषणा पत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसको घोषणा पत्र हेरेर त्यसलाई काउन्टर दिने गरी थपघट गर्नका लागि एमालेले कांग्रेसले घोषणापत्र जारी गरेपछि मात्रै सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ ।
प्रत्यक्ष प्रसारण यहाँबाट हेर्न सकिने छ –