मनकामना जाँदै गरेको बस मथारमा दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
2.1k
Shares
पाल्पा । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।