arrow

बस दुर्घटना : पोष्टमार्टमका लागि शव अस्पताल पठाइयो, घाइते ३० पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
nawalpur-accident.jpg

काठमाडौं । गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। 

पाल्पाको रम्भा गाउँपालिका-१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस आज बिहान ४ बजे नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा दुर्घटना भएको थियो । 

३५ तीर्थयात्री रहेको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल भीरमा खसेको थियो । दुर्घटनामा रम्भा गाउँपालिका-१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका-९ की ४५ वर्षीय फुलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि  पाल्पाको रामपुर अस्पतालमा पठाइको छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका-३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर-४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा - १ का  अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् ।

त्यसैगरी स्याङजा  बेलचौर नगरपालिका-९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका-१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ-८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा -१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ