arrow

कराँते टोली भारत प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
karate-team-2079-07-13.jpg

काठमाडौं । एसकेआईए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ ।

नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामाा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राण्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधीकर्मी, एरिश शर्मा र राज तामाङ रहेको टोलीको सहभागिताका लागि समन्वयकर्ताको भूमिका निर्वाह गरेका करातेका सुमन तिमल्सिनाले जनाएका छन् ।

टोली प्रमुखमा सुमन तामाङ, प्रशिक्षक तथा अफिसियलमा सरोज श्रेष्ठ, अफिसियलमा प्रेमलाल बोम्जन, सुरेन्द्रसिंह लामा, पृथ्वी बासुकला र विजयराम यान्डो रहेका छन् ।

टोलीलाई बूढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङ, गोल्फुटार डोजाका सल्लाहकार जयराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ