arrow

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
prachanda-tension-2079-06-10.jpg
फाइल तस्वीर

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति शुरु गर्ने बताए । 

“हामी (वाम-लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दिगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, अध्यक्ष दाहालले भने, “स्थिरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।”

उनले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए । 

उनले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताए । अध्यक्ष दाहालले आशन्न मङ्सिरको निर्वाचन दुई विचार प्रवृत्ति बीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्त्वको रहेको बताए । 

‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ, उनले भने, “हामी वाम-लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ