- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घाेषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो १ः३० बजे शुरु हुने पार्टी कार्यालयले जनाएको छ । सत्ताधारी सबैजसो दलले घोषणापत्र सार्वजनिक गरेपछि ती सबै घोषणापत्रलाई काउन्टर दिने गरी एमालेले घोषणापत्र ल्याउन लागेको हो ।
यसअघि नै घोषणापत्र ल्याउन खोजेको भए पनि प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको घोषणापत्र हेरेर मात्र पार्टीले घोषणपत्र ल्याउने योजना एमालेले बनाएको थियो ।
कांग्रेसले गत शनिबार नै घोषणापत्र सार्वजनिक गरेको थियो । त्यस्तै सोमबार, माओवादी केन्द्र, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरे । त्यस्तै एमालेसँग विभिन्न स्थानमा गठबन्धभन गरेको राप्रपाले पनि सोमबार नै घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।