arrow

पशुपतिमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
accident-final-1618290232.jpg

काठामाडौं । काठमाडौंको तिलगंगा (पशुपति नजिक) मा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका ८ तिलगंगास्थित सडकमा बा ४ ख ९३९६ नम्बरको बसले बा ९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँबानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ