arrow

ट्विटर किनेपछि एलन मस्कको अर्को ठूलो निर्णय : ब्लू टिकका लागि हरेक महिना पैसा तिर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
elonmusktwitter.PNG

काठमाडौं। टेस्लाका मालिक र अरबपति एलन मस्कले ट्विटर किनेपछि अर्को ठूलो निर्णय लिएका छन् । यसैबीच, उनले मङ्गलवार राति ट्विटरमा प्रमाणित खाताहरू (भेरिफाइड एकाउण्ड) को लागि शुल्क तोकेका छन्।

मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका हुन् । वास्तवमा ट्विटरका नयाँ मालिक मस्कले प्रयोगकर्ताहरूले ब्लू टिकको लागि ८ डलर शुल्क तिर्नुपर्ने बताएका छन् । तर सो शुल्क देशअनुसार फरक हुने लेखेका छन् ।

चाखलाग्दो कुरा के छ भने ट्विटरका मालिक एलन मस्कले आफैँले ट्विटर ब्लू सब्सक्रिप्शनको मूल्य घोषणा गरेका छन्। यसका साथै उनले ब्लू सब्सक्रिप्शन अन्तर्गत प्रयोगकर्ताले के के सुविधा पाउँछन् भन्ने पनि बताए ।

मस्का अनुसार रिप्लाई, मेन्शन र सर्चलाई प्राथमिकता दिइनेछ। यो सुविधाका कारण स्प्याम रोक लगाइनेछ। ट्विटर ब्लू सब्सक्रिप्शन अन्तर्गत, प्रयोगकर्ताहरूले अब लामो भिडियो र अडियो पोस्ट गर्न पाउनेछन्। सामान्य प्रयोगकर्ताको तुलनामा ट्विटर ब्लूका ग्राहकहरूले आधा विज्ञापनहरू हेर्न पाउनेछन्।

मस्कका अनुसार यदि प्रकाशकहरूले ट्विटरसँग सम्झौता गरे भने ट्विटर ब्लू ग्राहकहरूले सशुल्क लेखहरू पनि निःशुल्क पढ्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ