arrow

दुई कोरियाबीच सीमामा मिसाइल हानाहान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
north-south-korea.jpg

काठमाडौं । उत्तर र दक्षिण कोरिया दुवैले पहिलो पटक आफ्नो सामुद्रिक सीमामा मिसाइल प्रहार गरेका छन् । प्योङयाङले आफ्नो पूर्वी शहर सोक्चोबाट ६० किलोमिटरको दूरीमा मिसाइल प्रहार गरेको तीन घण्टापछि बुधबार दक्षिणले जवाफी कारबाहीका रुपमा मिसाइल हानेको हो ।

सियोलले यसरी मिसाइल हान्नु आफ्नो सीमा क्षेत्रको अस्वीकार्य उल्लङ्घन भएको भनेको छ । उत्तरले हानेको मिसाइलको जवाफमा दक्षिणले तीनवटा हावाबाट जमिनमा मार हान्ने मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले हानेको मिसाइल सीमा क्षेत्रको जति नजिक थियो त्यति नै नजिक दक्षिणले पनि मिसाइल हानेको अधिकारीहरुले बताएका छन् ।

उत्तरले बुधबार कम्तीमा १० वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले यस हप्ता गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा मिसाइल प्रहार गरेको हुनसक्ने ठानिएको छ ।

एउटा मिसाइल बुधबार बिहान कम्तीमा ९ बजे भन्दा अघि प्रक्षेपण गरिएको र सीमाबाट लगभग २६ किलोमिटर दक्षिणमा खसेको बताइएको छ । दक्षिण कोरियाको सोक्छो सहरको ५७ किलोमिटर पूर्व र उल्लेउंग टापुको १६७ किलोमिटर उत्तरपश्चिममा खसेको थियो ।

उत्तर कोरियाले मिसाइल हानेसँगै खतरा बढेर उल्लेउंगका बासिन्दाहरूलाई भूमिगत सुरक्षित स्थानमा जान भनिएको थियो। तत्कालै दक्षिण कोरियाली र जापानी अधिकारीहरूले प्योङयाङबाट भएको यो गतिविधिको निन्दा गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले यसलाई प्रभावी क्षेत्रीय आक्रमण भन्दै छिटो र दृढ प्रतिक्रिया दिने भनेका थिए । दक्षिणमा अमेरिकासँग सैन्य गतिविधि बढेसँगै उत्तर कोरियो यस वर्ष ५० भन्दा बढी मिसाइल प्रहार गरिसकेको छ ।

उत्तर कोरियाले सन् २०१७ यता फेरि अर्काे शक्तिशाली आणविक हतियार प्रक्षेपण गर्न सक्ने चिन्ता गरिएका बेला कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ