arrow

रोमाञ्चक जितसहित भारत सेमिफाइनल नजिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
india-bangladesh-t20-2022.jpg

काठमाडौं । भारत अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । आफ्नो चौथो खेलमा बुधबार बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हासिल गर्दै भारत एक खेलअघि नै सेमिफाइनल नजिक पुगेको हो । 

समूह २ को भारतले बंगलादेशलाई रनले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १८४ रन बनायो । 

जारी विश्वकपमा शानदार इनिङ्स खेलिरहेका विराट कोहलीले चार खेलमा तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४४ बलमा अविजित रहँदै ६४ रन बनाए । 

त्यस्तै सूर्यकुमार यादवले १६ बलमा ३० रन जोडे । फ्लप रोहित शर्माले ८ बलमा २ रनमात्र बनाउन सके । बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए । 

जवाफमा वर्षाले गर्दा डकवर्थ लेविस नियमअनुसार १६ ओभरमा १५१ रनको चुनौती पाएको बंगलादेशले ६ विकेटको क्षतिमा १४५ रनमात्र बनाउन सक्यो । 

लिटन दासले २७ बलमा ६० रन बनाए । पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा ओपनर नज्मुल होसेन शान्टोले २१ रन जोडे । 

अंक तालिका–
यो जितपछि भारत ४ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो स्थानको बंगलादेशको ४ खेलबाट ४ अंक छ । 

बंगलादेश अझै बाहिरिएको छैन । रन रेटमा भारत भन्दा पछाडि भएकाले पनि भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

त्यस्तै यो समूहबाट जिम्बावे भने ४ खेलबाट ३ अंकसहित बाहिरिएको छ । पाँचौं स्थानको पाकिस्तान ३ खेलबाट मात्र २ अंक बटुल्न सफल भएको छ । 

पाकिस्तानको सेमिफाइनल मुस्किल बनिसकेको छ । ४ खेलबाट मात्र २ अंकको नेदरल्याण्ड्स भने बाहिरिएको छ । 

समूह १ बाट अफगानिस्तान र आयरल्याण्ड बाहेक चारै शीर्ष टिमको सेमिफाइनल सम्भावना जिवित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ