arrow

देशभरका गठबन्धनका उम्मेदवारलाई जिताउनु हाम्रो पहिलो दायित्व – कांग्रेस नेता शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
ajayababu-shiwakoti-2079-07-16.jpg

गोरखा । नेपाली कांंग्रेसका केन्द्रीय सदस्य अजयबावु शिवाकोटीले वर्तमान समयमा गठबन्धन दलका उम्मेदवारलाई जिताउनु सबैको दायित्व भएको बताएका छन् ।

गोरखामा नेपाली कांग्रेसले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले गठबन्धन दलका देशभरका उम्मेदवारलाई जिताउन कसैले कुनै कसर बाँकी राख्न नहुने बताएका हुन् ।

पछिल्लो समय टिकट नपाउँदैमा पार्टीमा विद्रोह गर्ने प्रवृत्ति बढेकोप्रति आक्रोश ब्यक्त गर्दै उनले त्यस्ता पक्षलाई निरुत्साहित गर्न आह्वानसमेत गरे ।

पछिल्लो गठबन्धन केपी शर्मा ओलीको प्रतिगमन विरुद्धको मोर्चा भएको बताउँदै नेता शिवाकोटीले आगामी मंसिर ४ मा हुने निर्वाचनपछि देश नयाँ ढंगबाट अघि बढ्ने र विकासको युगको शुरुआत हुनेसमेत बताए ।

गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माकोसमेत सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ