arrow

नेपालीलाई साउदीमा मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
bibek-dahal.jpg

काठमाडौं । एक नेपालीलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । उदयपुरका विवेक दाहाललाई साउदी सरकारले मृत्युदण्ड दिएको हो ।

दाहालले २ फेब्रुअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। सो घटनामा सुडानी नागरिक घाइते भएका थिए ।  

घटना नियोजित तरिकाले गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च दुवै अदालतले सदर गरेका थिए । 

जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। उनी मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका थिए ।  

साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ । 

नेपालले  दाहाललाई क्षमादान दिन बारम्बार अनुरोध गरेको थियो । राष्ट्रपतिले साउदीका राजालाई समेत क्षमादान दिन पत्र लेखेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ