arrow

ट्विटरका कर्मचारी निकाल्ने एलन मस्कको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
elon-musk-twitter.png

काठमाडौं । ट्विटरका नयाँ मालिक एलन मस्कले कर्मचारी निकाल्ने तयारी गरेका छन् । ट्विटरमा सीईओ, सीएफओ लगायत उच्च पदस्थ अधिकारीलाई हटाएपछि मस्कले यो कदम अघि सारेका हुन् । 

कम्पनीको कमाण्ड सम्हालेपछि विश्वकै धनी व्यक्ति मस्कले अपरेशन क्लिन सुरु गरेका छन् । जस अन्तर्गत तीन हजार भन्दा बढी कर्मचारी बेरोजगार बन्ने छन् । ब्लूमबर्गका अनुसार मस्कले लागत कटौती गर्न ट्विटर इन्कमा करिब ३ हजार ७ सय रोजगारी कटौती गर्ने ठूलो योजना तयार पारेका छन् ।

आज मस्कले सो कदम चाल्न सक्ने रिपोर्टमा बताइएको छ । एलोन मस्कले आफ्नो नयाँ नीतिहरू अन्तर्गत सोशल मिडिया कम्पनीको विद्यमान कामलाई प्रतिस्थापन गर्ने तयारी गरिरहेको उल्लेख छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ