arrow

राजधानीमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
accident-final

काठमाडौं । काठमाण्डौको कोटेश्‍वरस्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । 

बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुर गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 

सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ । मोटरसाइकल सहित र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ