भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
729
Shares
काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् ।
भारतको गुजरातबाट पशुपति दर्शनका लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।
घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।