arrow

१० अर्बको निजी जेट किन्दै एलन मस्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
elon-musk-jet.jpg

काठमाडौं । अरबपति एलन मस्कले आफ्नो लागि महँगो र लक्जरी निजी जेट अर्डर गरेका छन्। सो जेटको मूल्य करिब १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । बिजनेस इनसाइडरको रिपोर्टमा एलन मस्कले विमान खरिद गर्न लागेको खुलासा भएको हो । 

रिपोर्टका अनुसार उनले आफ्नो लागि गल्फस्ट्रिम जी७०० जेट अर्डर गरेका छन्। जी७०० गल्फस्ट्रिम लक्जरी र नयाँ जेट हो। 

टेस्ला, स्पेसएक्स र ट्विटर जस्ता कम्पनीका मालिक एलन मस्क निजी जेटका ठूलो फ्यान हुन् । एलन मस्कले आफ्नो अधिकांश यात्रा नियमित विमानबाट गर्छन्। 

गल्फस्ट्रिमको जी६५० इआर जेटबाट सन् २०१८ मा संसारका सबैभन्दा ठूला अरबपतिले १ लाख ५० हजार माइल यात्रा गरेका थिए ।

नयाँ जेट खरिद गर्ने विषयमा एलन मस्कले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ