arrow

राष्ट्रपति मुस्ताङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
bidhya-janaki.jpg
फाइल तस्बिर

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार मुस्ताङ पुगेकी छन् । राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गरेकीछन् ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिएको भगवान् विष्णुको मूर्तिको शिलान्यास गरेकी हुन् । अनावरण गरिएको बुद्ध मूर्ति निर्माणका परिकल्पनाकार सोनाम लामाले गरेका थिए । ३० महिना लगाएर निर्माण गरिएको बुद्धको मूर्ति ३५ फिट अग्लो छ । 

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ ।राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआजा तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ