arrow

नेपाल पहिलोपटक विश्व म्याराथनको सूचीमा, एम्सको क्यालेन्डरमा नेपालगञ्ज म्याराथन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
sth-nepaljung-marathoon.jpg

नेपालगञ्ज । आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई बिहीबारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।

एम्सले बिहीबार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइट (जततउकस्ररबष्mक(धयचमिचगललष्लन।यचनरअबभिलमबच।जतm ि) मा सम्बोधन गरेको हो । 

यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए । 

‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगञ्ज, लुम्बिनी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने, ‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदायमाझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।’

एम्सले आफ्नो क्यालेन्डरमा नेपालगञ्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुने गरी रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट (धधध।लभउबनिगलवmबचबतजयल।अयm) सहित जानकारी उपलब्ध गराइदिएको छ ।

एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदायमाझ देखिएको छ । 

एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । 

गत साता मात्र नेपालगञ्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । 

त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार विभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो । 

आठौं धारा नेपालगञ्ज म्याराथन यही मंसिर २४ गते शनिबार हुँदैछ । 
 



नयाँ