जोगीमारामा बस दुर्घटना, घाइते २० मध्ये पाँच गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
3k
Shares
धादिङ । यात्रु लिएर काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस शनिबार साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।