- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेदरल्याण्ड्ससँग १३ रनले पराजित भएसँगै आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह टु बाट दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सपनामा धक्का लागेको छ ।
दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल खेल्न बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।
यी दुई टोली अहिले जारी खेलमा आमने सामने भइरहेका छन् । यो खेलको विजेता पनि सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान र बंगलादेशको समान ४–४ अंक छ । यो खेल बराबरीमा सकिए पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।
खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेदरल्याण्ड्स र दक्षिण अफ्रिका
आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटियो ।
दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे । नेदरल्याण्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो ।
नेदरल्याण्ड्सका कोलिन एकेरमनले २६ बलमा ३ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन जोडे । त्यस्तै ओपन स्टेभन माइबर्गले ३७ रन जोडे । दक्षिण अफ्रिकाका केशब माहाराजाले २ विकेट लिए ।
भारतले आर्जै अन्तिम खेलमा जिम्बाब्वेसँग खेल्दैछ । पुछारको जिम्बाव्वे बाहिरिइसकेको छ ।
अष्ट्रेलियामा जारी टी–२० क्रिकेटको समूह १ बाट न्यूजिल्याण्ड समूह विजेता तथा इङ्गल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आयोजक भने बाहिरिएको छ ।