arrow

पाकिस्तान सेमिफाइनलमा, भारतको खेलपछि टुंगिदै सेमिफाइनल समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
birat-kohli-kl-rahul.jpg

काठमाडौं । बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तान ग्रुप टुबाट सेमिफाइनलमा प्रवेश गरेको हो । 

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मन्सुदले अविजित २४ रन जोडे । 

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र इबादत हुसेनले समान १ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

बंगलादेश १० ओभरमा ७०–१ को बलियो स्थितिमा रहेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै सरकारले २० रन  जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सडाब खानले २ विकेट लिएका थिए ।

यो खेलपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । यो समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ । 

अर्को समूहबाट न्यूजिल्याण्ड र इङ्गल्याण्ड सेमिफाइनलमा पुगेका छन् । अहिले भारत र जिम्बाब्वेबीचको खेल जारी छ । यो खेलको नतिजापछि सेमिफाइनल समीकरण पूरा हुनेछ । 

भारतले टस जितेर पहिले ब्याटिङ गरेको छ । लोकेश राहुलले ५१ रन बनाएका छन् । यो विश्वकपका सफल ब्याट्सम्यान विराट कोहलीले २६ रन बनाए । रोहित शर्मा १५ रन बनाएर आउट भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ