arrow

अजयको चुनावी अभियानले प्रदीपलाई पराजयको चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
pradip-yadav-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पर्सा-१ मा एमाले-जसपाका साझा उम्मेदवार प्रदीप यादव विगतजस्तो ढुक्क छैनन्। २०७४ को स्थानीय निर्वाचनमा जसपा पहिलो दल बनेको भए पनि प्रतिनिधि सभामा उक्त मत आउने सम्भावना निकै न्यून देखिएको छ। 

२०७४ को निर्वाचनमा विजयी भएका प्रदीप यादव पाँच वर्ष सांसद बने भने करिब एक वर्ष मन्त्री बने। उनलाई पर्सा-१ का मतदाताले जिताएर पठाए पनि उनले त्यहाँका जनताका लागि सम्झिने गरी कुनै काम गर्न नसकेको गुनासो तीव्र छ। 

प्रदीप यादवलाई युवा फेस भनिए पनि उनको विकल्पको रूपमा अजय दुवेदी आएपछि प्रदीप चिन्तित बनेका हुन्। अजयले पर्सा-१ का जनताको न्यायका लागि आफूले उम्मेदवारी दिएको बताइरहेका छन्। दुवै गठबन्धनतर्फको मत तान्ने आङ्कलन अजयको रहेको छ। जसका कारण प्रदीप डेन्जर जोनमा देखिन्छन्। 

सालिन नेताको रूपमा परिचित अजय विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छिरेर संविधान सभामा निर्वाचित भएका थिए। विगतमा विभिन्न पदमा विजय हुँदै आफूलाई काम गरेर जनतामाझ परीक्षण भइसकेका र काम गर्न सक्ने नेताको रूपमा देखिएपछि प्रदीपका लागि अजय टाउको दुखाइ बनेका हुन्। 

प्रदीप यादव सस्तो लोकप्रियतामा रमाउने पात्र भएको र मन्त्री हुँदा पनि क्षेत्रको विकासका लागि कुनै भूमिका खेल्न नसकेको आरोप पनि उनको पराजयको कारक बन्ने देखिन्छ। नेकपा एमाले पनि असन्तुष्ट भएको अवस्थामा, गठबन्धनकै अर्को दल राप्रपाले उम्मेदवार नै उठाएको समयमा यस पटक प्रदीपका लागि निर्वाचन फलामको चिउरा बनेको छ। 

प्रदीप यादवले जितेर गइसकेपछि पर्सा-१ का जनताका लागि धोका दिएको, जनताका सामान्य जनजीविकाका सवालमा पनि काम नगरेको र मतदाता एवं कार्यकर्तालाई कोरोना महामारीमा समेत उपचार र स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत कुनै पहल गर्न नसकेको आरोप छ। 

एमाले नेतृत्वको गठबन्धनमा रहेको राजेन्द्र लिङ्देन नै जसपाका गठबन्धनका उम्मेदवार प्रदीप यादवलाई पराजित गर्न सक्रिय भएका हुन्। यसको असर देशभरका एमाले-जसपा-राप्रपा गठबन्धनमा उम्मेदवारलाई पर्ने भए पनि प्रत्यक्ष मारमा भने प्रदीप यादव पर्ने भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ