- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पख.दका उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् । ‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ’, उनले भने, ‘समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’
कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा उनले त्यस्तो बताएका हुन् ।
अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको बताए । जनताको आशा विकास र समृद्वि भए पनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उनको भनाइ छ ।
उम्मेदवार बरालले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिए ।
विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उनको भनाइ छ । ‘जनताका आवश्यकता पूरा गर्छाैं नै' उनले भने, ‘अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’
आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताए । रुपाको घरदैलो र कोणसभामा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, नेताहरु यज्ञबहादुर थापा, कृष्ण केसी लगायत सहभागी थिए ।
उम्मेद्वार बराले सोमबार पोखरा-१३ मा घरदैलो र कोणसभा गर्ने कार्यक्रम छ ।