arrow

पब्जी साउथ एसिया च्याम्पियनशिपमा नेपालले जित्यो ५९ लाख पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
pubg-south-asain-championship.jpg

काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिपमा ५९ लाख रुपैयाँको पुरस्कार जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । 

१ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डीआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।

४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनशिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । 

दोश्रो स्थानमा रहेको डीआरएसले २५६ अंक प्राप्त गर्यो । यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त गर्यो ।

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनशिपमा नेपालबाट डीआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए ।

यसका साथै डीआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनशिपको लागि पनि छनोट हुन सफल भएका छन् ।

पहिलो पटक यस च्याम्पियनशिपलाई फिल्म हलको ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जसमा पब्जीलाई रुचाउने ठूलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।



नयाँ