arrow

कांग्रेसले ७४ जनालाई निकाल्यो पार्टीबाट [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीको निर्देशन विपरीत गएकाहरुलाई केन्द्रीय अनुशासन समितिले निकालेको पार्टीले जनाएको छ । 

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको जनाइएको हो । जसमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालासमेत रहेका छन् । 

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४(क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ । साथै, त्यस्ता वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइनेछ । तसर्थ तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिनसमेत निर्देश गरिन्छ । ण्द्दज्ञड

यी हुन् आनन्दप्रसाद ढुंगाना संयोजक रहेको समितिले कारबाही गरेका कांग्रेस नेताहरु–



नयाँ