- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले सांसद भएर गएकाहरुले पाँच वर्षमा केही पनि काम गर्न नसकेको बताएका छन् । भीमदत्त नगरपालिका ५ मा चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले विगतमा जितेर गएका नेकपा एमालेका साथीहरुले पाँच वर्षमा विकासको नाममा केही गर्न नसकेको बताएका हुन् ।
“२०७४ को निर्वाचनमा मैले हारेको थिएँ, नेकपा एमालेका साथीहरुले जितेर गएका थिए, सँगै समानुपातिक समेत गरेर कञ्चनपुर क्षेत्र नम्बर ३ ले दुईओटा सासंद पाएको थियो । जितेका साथीहरुले विकास गर्छन् भन्ने लागेको थियो तर गएको पाँच वर्षमा विकासको नाममा केही पनि गरेको अवस्था छैन”, उनले भने ।
यस्तै उनले मंसिर ४ को निर्वाचनमा आफूहरुलाई जिताउन समेत आग्रह गरेका छन् । विगतमा आफूले शुरु गरेका अपूरा काम पूरा गर्नुपर्ने भन्दै उनले ४ गतेको मतदानमा आफूलाई मत दिन आग्रह गरेका हुन् । “जितेर गएका एमालेका साथीले केही काम गरेनन् अब म गर्छु”, उनले भने ।
गएको केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले संविधान भत्काउने कार्य गरेको भन्दै अहिलेको चुनावी निर्वाचनमा आफूहरु गठबन्धनमार्फत आएको उनको भनाइ छ ।
लेखक सत्तारुढ गठबन्धबाट कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । चुनाव नजिकिएसँगै कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले चुनावी प्रचारप्रचार भने तीव्र पारेका छन् ।