arrow

देउवाको गृहजिल्लामा कांग्रेसका पुराना नेता लाखापाखा

logo
राम धामी,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
dadheldhura-congress.jpg

डडेल्धुरा । सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जाहेर गर्दै नेपाली कांग्रेसका पुराना नेता कार्यकर्ताहरू नेपाली कांग्रेस (वीपी) मा आबद्ध हुन थालेका छन् ।  मङ्गलवार नेपाली कांग्रेस नवदुर्गा गाउँ समितिका उपसभापति खडक बुढाऐरले नेपाली कांग्रेस (वीपी) प्रवेश गरेका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस सुदृढ हुँदाहुँदै पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएकाले असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेस (वीपी) मा आबद्ध भएको बताए ।
 
नेपाली कांग्रेस आलिताल गाउँ समितिका पुर्व सभापति रामबहादुर कुँवरले केही दिन पहिले नेपाली कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस (वीपी) मा आबद्ध भएका थिए । आलिताल गाउँपालिकाका तीन वडाका वडा सभापतिसहित नेता कार्यकर्ताहरू नेपाली कांग्रेस (वीपी) मा आबद्ध भएको कुँवरले बताए ।
  
सशस्त्र युद्धका बेला नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई खोजाखोजी प्रताडना दिने काम माओवादीबाट भएको कुरालाई बिर्सेर नेतृत्वले माओवादी केन्द्रसँग गठबन्धन गर्दा पुराना नेता कार्यकर्ताहरूमा असन्तुष्टि बढ्दै गएको २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका परशुराम नगरपालिका–७ मलासका पाका कार्यकर्ता बुद्धी धामीले बताए । गठबन्धनप्रति असन्तुष्ट भएर आफुले हालै नेपाली कांग्रेस परित्याग गरेको उनले जानकारी दिए ।
  
गठबन्धनका कारण नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिन थालेपछि हालै गठन गरिएको नेपाली कांग्रेस (वीपी)लाई सङ्गठन निर्माण गर्न सहज भएको छ । ‘डडेल्धुरामा हालै गठन गरिएको पार्टीको सङ्गठन विस्तारकै क्रममा निर्वाचनको सामना गर्नु परेको छ,’ नेपाली कांग्रेस (वीपी) डडेल्धुराका सचिव सन्तोष देउवाले भने,‘कांग्रेसभित्रको असन्तुष्टिका कारण वीपी कांग्रेसप्रति स्थानीय नेता कार्यकर्ताहरूको आकर्षण बढेको छ ।
 
उनले हरेक दिन नेपाली कांग्रेस (वीपी) मा आबद्ध हुनेहरूको सङ्ख्या बढ्दै गएको बताए । नेपाली कांग्रेस (वीपी)ले मङ्गलवार प्रवेश गरेका नेपाली कांग्रेस नवदुर्गा गाँउसमितिका उपसभापति बुढाऐरलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिको जिम्मेवारी दिइएको जनाएको छ । मंगलबारनै प्रकाश सार्कीलाई नेश्नल युथ कांग्रेसको जिल्ला सचिवको जिम्मेवारी दिइएको नेपाली कांग्रेस (वीपी) डडेल्धुराले जनाएको छ ।

यसै गरी गन्यापधुरा गाउँपालिका–३ वडा सभापतिको जिम्मेवारी शेरबहादुर विष्ट र वडा नं. ४ वडा सभापतिको जिम्मेवारी गणेशबहादुर धानुकलाई दिइएको नेपाली कांग्रेस (वीपी) डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ