arrow

टेस्लाको करिब ४ अर्ब डलरको शेयर बेचे मस्कले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
elon-musk.jpg
काठामाडौं । टेस्लाका मालिक एलन मस्कले आफ्नो कार निर्माता कम्पनी टेस्लाका ३.९५ अर्ब अमेरिकी डलर बराबरका १ करोड ९५ लाख सेयर बेचेका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्तिले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेको २ हप्ता नपुग्दै यस्तो समाचार आएको हो ।
टेस्लाको शेयर मूल्य यस वर्षको सुरुवाती दिन भन्दा ५० प्रतिशतभन्दा बढीले घटेको छ।
अर्को कुरा टेस्लाले पावर स्टेयरिङमा सम्भावित समस्याको कारणले अमेरिकामा आफ्ना ४०,००० भन्दा बढी गाडीहरू फिर्ता मगाइरहेको छ ।
यस वर्षको सुरुमा ट्विटर किन्ने भनेयता यो पछिल्लो पटक टेस्लाको शेयर बेच्दा अहिलेसम्मको कुल बिक्री लगभग २० अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।
मस्कले यस वर्षको अप्रिलमा टेस्लाको ८.५ अर्ब डलर र गत अगस्टमा ७ अर्ब डलरको शेयर बेचेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ