arrow

इङ्गल्याण्ड र भारत भिड्दै, फाइनल पाकिस्तानसँग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
india-england.jpg

काठमाडौं ।  आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज इङ्गल्याण्ड र भारत भिड्दै छन् । इङ्गल्याण्ड र भारतबीच एडिलेडको एडिलेड ओभलमा खेल हुदैछ ।  

समूह चरणमा भारतले पाँचमध्ये चार खेल जितेको छ । इङ्गल्याण्ड तीन खेल जितेर नकआउट चरणमा पुगेको छ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ बजे एडिलेडमा सुरु हुनेछ । 

दुई टोलीबीच २२ खेल भइसकेका छन् भने भारतले १२ खेल जितेको छ । टी-२० विश्वकपमा तीन वटा भिडन्त भइसकेका छन् । भारतले २ पटक जितेको छ ।

एडिलेडको मैदानमा भारतीय क्रिकेट टोलीले ३० खेलमा १३ जित र १३ हारेको छ । १ खेल टाई र ३ बराबरी भएको छ । पछिल्लो ६ खेलमा ५ खेल जितेको छ । इङ्गल्याण्ड टोलीको सबैभन्दा बलियो पक्ष भनेको उनको ब्याटिङ हो । टोलीसँग ९ जनामा ब्याट्सम्यान छन् ।

खेल जित्ने टोलीले आइतबार मेलबर्नमा हुने फाइनलमा पाकिस्तानसँग खेल्नेछ। न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान यसअघि नै फाइनलमा पुगेको छ । सिड्नी क्रिकेट मैदानमा प्राप्त जितमा पाकिस्तान सुरुमा सटिक फिल्डिङ र अनुशासित बलिङ गर्दै न्युजिल्यान्डलाई ४ विकेटमा १ सय ५२ रनमै खुम्च्याएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ