arrow

रोए भारतीय कप्तान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
rohit-sharma.jpg

काठमाडौं ।  टी-२० विश्वकप  क्रिकेटमा भारतीय टोलीको यात्रा सकिएको छ । सेमिफाइनलमा इङ्गल्याण्डसँग १० विकेटले पराजित भएपछि भारतीय टोली यस पटकको विश्वकपबाट बाहिरिएको छ । 

 खेलपछि भारतीय टोलीका कप्तान रोहित शर्मा भावुक हुँदै रोएका छन् । रोहित शर्मा डगआउटमा आफ्नो आँसु पुछ्दै भावुक बनेका थिए ।

खेल सकिएपछि भारतीय खेलाडीहरू इङ्गल्याण्ड टोलीसँग डगआउटमा पुग्दा रोहित शर्मा भावुक थिए । लामो समयदेखि रोहित शर्मा राहुल द्रविडसँग कुरा गर्दै आएका थिए । जहाँ प्रशिक्षक राहुल द्रविड उनलाई ह्यान्डल गरिरहेको देखिए ।

टी-२० क्रिकेट विश्वकपको अहिलेसम्मको इतिहासमा भएका १६ सेमिफाइनलमा भारतको यो सबैभन्दा ठुलो हार हो । इङ्गल्याण्डले अब उपाधिका लागि फाइनलमा आइतबार पाकिस्तानसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ