arrow

तस्कर सल्बलाएः अवैध १२५ बोरा चिनी बरामद 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
sugar-illegal-.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा पाँच लाख बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलीस्थित भारतबाट अवैध रुपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सुचना अधिकारी केशवराज थापाले बताए । 

बरामद गरिएको चिनीको मूल्य लगभग पाँच लाख रहेको छ । सुरक्षाकर्मीहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरुले त्यसको फाइदा उठाउँदै खुलेयाम तस्करी गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ