arrow

पाँचखालमा ठूला विकास योजनाको कमी हुँदैन – हुमागाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
panchkhal-shiva-humagai-election-2079.jpg

काभ्रेपलाञ्चोक । काभ्रे प्रतिनिधि सभा २ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईले आफूहरुले कहिल्यै विकासको विरोध नगरेको र आगामी दिनमा पनि नगर्ने बताएका छन् । 

पाँचखाल नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार हुमागाईले पाँचखाललाई विकास निर्माणमा कहिल्यै पछि नपार्ने ठोकुवा गरे । 

‘समृद्ध पाँचखाल निर्माणका लागि मेरो विशेष भूमिका रहनेछ । किनभने म २०५६ सालमा सांसद भैसकेको ब्यक्ति हुँ । काभ्रे जिल्लालाई मैले राम्रोसँग बुझेको छु । म विकास विरोधी हुनै सक्दिन । म कुनै पद वा भूमिकामा नहुँदा पनि काभ्रे जिल्लालाई बिर्सेको छैन । तपाईहरुको साथमै छु’, हुमागाईले भने ।

पाँचखालमा ठूला ठूला विकासका परियोजना सञ्चालन गर्ने भन्दै हुमागाईले अगाडि भने, ‘अहिले चलिरहेका ठूला विकासका योजनालाई हामी जति सक्दो छिटो सम्पन्न गराउने छौँ । थप ठूला योजनाका बारे तपाईहरुसँगै अन्तरक्रिया गरेर ठोस योजना बनाउँछौँ । विपक्षीले भ्रम सिर्जना गरिरहेका छन । हामी जनताको इच्छा भन्दा बाहिर गएर काम गर्दैनौँ । आवश्यकताको आधारमा योजना बनाएर बजेटको ब्यवस्थापन गर्दछौँ ।’  

पाँचखाल सुनकोशी बृहत सुनकोशी आयोजनालाई जतिसक्दो छिट्टा सम्पन्न गरेर पाँचखालबासीको घर घरमा पुर्याउन लागि पर्ने हुमागाईको भनाई थियो । 

‘यो खानेपानी आयोजना पाँचखाल नगरबासीका लागि सबैभन्दा पनि महत्वपूर्ण परियोजना हो । यसलाई जतिसक्दो छिटो सकाउन मेरो भूमिका रहनेछ । यो खानेपानी आयोजनाका लागि उपभोक्ताहरुले पनि लगानी गर्नुभएको छ । त्यो लगानी परिपूर्ती गर्न र थप आयआर्जन बढाउन नगरपालिकासँग बसेर योजना बनाउँछौ । पाँचखालमा सिँचाईको भरपर्दो योजना बनाएर काम गर्नेछौं’, हुमागाईले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ