arrow

झापा १ मा भारी मतले जित्छु : विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
bishwaprakash_sharma.jpg

झापा । नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताएका छन्।

मतदातासँगको भेटभाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताएका हुन् । उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।

उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए । महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे । 

क्षेत्र नं १ मा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वकानुन मन्त्रीले अग्नि खरेलसमेत घरदैलो अभियानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ