arrow

'जनताको भरिया बन्न चाहन्छु'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
dhanraj-gurung-syangja.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनराज गुरुङले नेपाली जनताको भरिया बन्न चाहेको बताएका छन् । नेपाल तरुण दल गल्याङ्ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति तथा सङ्घीय उम्मेदवार गुरुङले जनताको दुःखसुखको भरिया बनेर हिँड्न चाहेको बताएका हुन् । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका नेपाली कांग्रेसका उपसभापति गुरुङले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताए । जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङको छ । 

भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन उपसभापति गुरुङले भने,‘भ्रष्ट्राचारीको मुलजरो उखेल्न मङ्सिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले जित्नु आवश्यक छ ।’ भ्रष्ट्रहरुलाई ठेगान लगाउन स्याङ्जावासीले साथ दिनुपर्छ उनले भने । आन्दोलन मात्रै क्रान्ति नभएको उल्लेख गर्दै उपसभापति गुरुङले मङ्सिर ४ गते मतदानबाट क्रान्तिको शुरुआत गर्न उनले सबै मतदातासँग आग्रह गरे । 

'तरुणहरू पनि यो मुलुक हाँक्न सक्छन् भन्ने उदाहरण देखाउने बेला आएको छ उपसभापति गुरुङले भने,‘तरुण युवाहरु यो मुलुकको तागत हो, यसको सदुपयोग हुनुपर्छ ।’ त्यसैले सबै तरुण युवाहरु भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न र जनताको अवस्था बदल्न मङ्सिर ४ गतेका दिनलाई सदुपयोग गर्नुपर्छ उनले भने । 
स्याङ्जामा अहिले सम्म गौरवका आयोजना नहुँदा जिल्लाको विकास ओझेलमा परेको भन्दै नेपाली कांग्रेसबाट सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उपसभापति गुरुङले गर्नसकिने र हुनसक्ने विकासलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । 

सिद्धार्थ राजमार्गको स्तरोन्नति, ऐतिहासिक आँधी खोलालाई पर्यटकीय सम्भावनाको खोजी, काली गण्डकी देखी जिल्लाको धार्मिक, सांस्कृतिक र संस्कृतिको संरक्षण गर्दै समग्र स्याङ्जालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने धारणा उपसभापति गुरुङको छ । 

सधैँ जनताको घरदैलोमा पुग्ने र जनताको भरिया बन्न आफू उम्मेदवार बनेर आएको विश्वास दिलाए । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु उपसभापति गुरुङले भने,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ स्याङ्जावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाँटेर भन्दा पनि गरेर स्याङ्जालाई उज्यालो बनाउने छु उनले भने । 

निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावको उत्साह अहिले स्याङ्जामा बढ्दै जान थालेको छ । २ सङ्घीय क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा झण्डै ५० जना उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ