- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टी-२० विश्वकपको उपाधि जितपछि इङ्गल्याण्डको टोलीले मोटो रकम पाएको छ । विजेता टोली इङ्गल्याण्डले १६ लाख डलर (२० करोड ६१ लाख नेपाली रुपैयाँ) पुरस्कार राशि पाएको छ ।
उपविजेता टोली पाकिस्तानले पनि राम्रो पुरस्कार पाएको छ । पाकिस्तानले उपविजेताका रूपमा ८ लाख डलर ( १० करोड ३० लाख नेपाली रुपैयाँ) प्राप्त गरेको छ ।
इङ्गल्याण्डले अष्ट्रेलियाको मेलबर्नमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्गल्याण्डले उपाधि जितेको थियो ।
पाकिस्तानले इङ्गल्याण्डलाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो, जुन बटलर ब्रिगेडले ६ बल बाँकी रहँदै पूरा गरे । इङ्गल्याण्डको टोली दोस्रो पटक टी-२० च्याम्पियन बनेको छ । पाकिस्तानले तीन पटक फाइनल खेलेको छ । तर उपाधि सन् २००९ मात्र जितेको छ ।
दुद्घ टोली बाहेक सुपर-१२ चरणमा खेल्ने टोलिले पनि पैसा पाएका छन् । आईसीसीले टी-२० विश्वकप सुरु हुनुअघि नै पुरस्कार राशि घोषणा गरिएको थियो । सो समय टी-२० विश्वकपका लागि कुल ५.६ मिलियन डलर (७२ करोड १६ लाख नेपाली रुपैयाँ) को पुरस्कार राशि तोकिएको थियो । जुन सबै १६ टोलीलाई दिइएको छ ।
जस अनुसार टी-२० विश्वकप जित्ने टोलीले २० करोड ६१ लाख र उपविजेता टोलीले १० करोड ३० लाख नेपाली रुपैयाँ पाए । यस्तै, सेमिफाइनलमा हार्ने बाँकी दुई टोली भारत र न्यजिल्याण्डले ६-६ करोड पाए । सुपर-१२ चरणमा १२ मध्ये ४ टोली सेमिफाइनलमा पुगेका थिए।
सुपर-१२ चरणबाट बाहिरिएका ८ टोलीलाई पनि आईसीसीले पुरस्कृत गरेको छ । यी टोलीलाई ७० हजार डलर दिएको छ । छनोट चरणबाटै बाहिरिएका चार टोलीलाई ४० हजार डलर दिइयो ।