- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषामा दर्जनौँ एमाले नेता तथा कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न्। मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवरमा एमालेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ढल्केवरस्थित मगरटोलका मोहन खप्तरीको नेतृत्वमा सयौं जनाले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेको लालकिल्ला भनेर चिनिने मगरटोलका दर्जनौँ जना कांग्रेसमा प्रवेश गरेपछि धनुषामा एमाले कमजोर हुने अनुमान गरिएको छ ।नवप्रवेशीहरुलाई नेपाली कांग्रेस सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गरेकाहरुलाई नेकपा एकीकृत समाजवादीका नेता तथा धनुषा–४ “ख“ प्रदेशसभा सदस्यका उम्मेदवार सत्रुधन महतोले समेत स्वागत गरेका थिए ।
नव प्रवेशीहरुले एमालेको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेको सामूहिक घोषणा गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
अब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूर्ण योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशीहरुले बताए ।
हाल समाजमा मौलाउँदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा एमाले परित्याग गरेको उनीहरूले बताए ।