arrow

रामकृष्ण भण्डारीको 'सत्ता सङ्घर्ष: ३० वर्षमा २८ सरकारका नालीबेली' बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
कभर.jpeg

काठमाडौं । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सत्ता सङ्घर्ष सार्वजनिक भएको छ । यो पुस्तकमा ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालिबेली समावेश रहेको छ ।

०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुन:स्थापना गरेपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र नभई अस्थिरताको दलदलमा फस्न पुगेको थियो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार भण्डारीले लेखेको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।  पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन् । 

रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन-अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुनेछ । पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ । 

यो पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ ।

नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ