arrow

'गणेशमान सिंहको सङ्घर्ष' पुस्तक सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
BookRelease.jpg

काठमाडौं । डा. मिता सिंहद्वारा लिखित 'दि स्ट्रगल अफ गणेशमान सिंह' (The Struggle of Ganeshman Singh) को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष सार्वजनिक भएको छ । सिंहको १०८ औं जन्मजयन्तिका अवसरमा पुस्तक सार्वजनिक भएको हो । 

परराष्ट्रविद् डा. जयराज आचार्य, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ र समाजसेवी तथा लेखक दुर्गा घिमिरेले एक समारोहबीच पुस्तक सार्वजनिक गरेका हुन् । यो पुस्तकलाई लेखक आन्विका गिरीले नेपालीमा अनुवाद गरेकी हुन् ।

छोरीले लेखेको पुस्तकका कारण पुस्तकले गम्भीर तर मार्मिक पाटो उजागर गरेको बताउँदै दुर्गा घिमिरेले लोकतन्त्रका लागि योगदान दिएका नेताहरुको बारेमा युवापुस्तालाई जानकारी दिन यो पुस्तक पाठ्यक्रममा समावेश गरिनुपर्ने बताइन् ।

त्यस्तै पुस्तकमाथि बोल्दै परराष्ट्रविद श्रेष्ठले पुस्तकले गणेशमान सिंहको सजिव चित्रण गरेको उल्लेख गर्दै पुस्तकमा प्रयोग भएका तस्बिरले पुस्तकलाई अर्कै उचाइमा पुर्याएको बताए । पुस्तकले गिरिजाप्रसाद कोइरालाको नीतिको आलोचना गरे पनि लेखकले कोइरालासँगको सन्दर्भ नछुटाइ तटस्थ भएर लेखेको पनि उनले बताए । 

अर्का वक्ता डा. जयराज आचार्यले छोरीले लेखेको पुस्तक भए पनि लेखक वस्तुनिष्ठ भएको टिप्पणी गरे । उनले भने, 'सायद मिता सिंह मेडिकल डाक्टर भएकाले होला उनले भावनाभन्दा पनि भएका घटनालाई निस्पक्ष भावले हेरेर लेख्नुभएको छ ।'

पुस्तक कार्तिक २४ गतेबाट बजारमा उपलब्ध भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ